१२ पुस २०८२, शनिबार

अर्घाखाँचीमा निर्वाचन कार्यालयद्वारा मिडिया अभिमुखिकरण कार्यक्रम

प्रकाशित मिति :  6 November, 2022 6:00 pm


अर्घाखाँची । अर्घाखाँचीका मुख्य निर्वाचन अधिकृत डा.श्रीकृष्ण भट्टराईले संचारमाध्यमले कुनै द्वेषभाव नराखी समाचार सम्प्रेषण गर्न आग्रह गरेका छन् ।

उनले दलगत , व्यक्तिगत , वकालत नहुने गरि समाचार संप्रेशण गर्न अनुरोध गदै निर्वाचनलाई शान्तिपुर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सबैको सहयोग अनिवार्य रहेको बताए ।

आसान्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका सन्दर्भमा जिल्ला निर्वाचन कार्यालयले आयोजना गरेको सञ्चारकर्मी बिच अन्तरक्रिया ,तथा छलफल तथा अभिमुखिकरण कार्यक्रममा मुख्य निर्वाचन अधिकृत भट्टराईले सो धारणा राख्नुभएको हो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले जनताको मताधिकार प्रयोग गर्ने अधिकारबाट कोही पनि बन्चित हुन नहुने भन्दै डर धम्की, अवरोधको कारण मतदाता मतदानबाट बन्चित हुन नदिनको लागि सुरक्षा निकाय सचेत रहेको बताए ।

कार्यक्रममा जिल्ला निर्वाचन कार्यालयका प्रमुख सुरेश भण्डारीले सहजीकरण तथा कार्यपत्र पेश गरेका थिए भने सञ्चारमाध्यमले पालना गर्नुपर्ने निर्वाचन आचारसंहिताका बिषयमा राष्ट्रियसमाचार समितिका प्रेमनारायण आचार्यले प्रस्ट पारेका थिए ।



प्रतिक्रिया दिनुहोस !