अर्घाखाँचीमा चुनाव विरोधी ३ दलद्वारा कोणसभा सम्पन्न
अनिल नेपाली-
अर्घाखाँची । नेकपा (बहुमत), नेकपा मशाल र नेकपा (क्रान्तिकारी-माओवादी)ले अर्घाखाँचीमा कोण सभा गरेका छन् ।
मालारानी गाँउपालिकाको गोखुङ्गा शौतामारे ,खन रतनमारे लगायतका बजारमा तीन दलले कोणसभा गरेका हुन् ।
कोणसभालाई सम्वोधन गदै नेपाल कम्युनिस्ट पार्टी .(बहुमत)का जिल्ला सेक्रेटरी नविन खड्काले सरकारले घोषणा गरेको निर्वाचन नेपाल र नेपाली जनताको पक्षमा नभएको दाबी गरे ।
उनले नेपालमा रहेका संसदबादी दलले चुनाव नाटक मञ्चन गरेर जनताको आँखामा छारे हालेकोले नेपाली जनताले संसदीय चुनावको सशक्त विरोध गर्ने बताए । सेक्रेटरी खड्काले संसदीय व्यवस्थामा नाममा जिल्लामा रहेका राजनितिक दलले पटक पटक चुनाव जितेर शासन सत्तामा पुगेर पनि वास्तविक रुपमा जनताको पक्षमा काम गर्न नसकेको आरोप लगाए ।
कोणसभालाई सम्बोधन गर्दै नेकपा मशालका नेता कृष्ण केसीले संसदीय व्यवस्थाले नेपाली जनतालाई निकास नदिने जनतालाई सरकारको अनुमुति गराउने कुरा छाडेर मुलुकमा भ्रष्टाचार अत्याचारका घटना बढाएकोले यसको अन्त्य गरेर मुलुकमा जनताको शासन सत्ता ल्याउनुपर्ने बताए । क्रान्तिकारी माओवादीका नेता अशोक थापाले चुनावी नाटकलाई खारेज गरेरै छोड्ने बताए ।
राज्यले आफ्नो कालो कर्तुतलाई छोप्न र श्वास भर्नको लागि यस्ता चुनावहरुको नाटक गरेकोले यसको नेपाली जनताले सशक्त प्रतिकार गर्ने बताए ।








