कार्तिक २२ गते खग्रास चन्द्र ग्रहण: कुन राशिलाई कस्तो प्रभाव ?
काठमाडौं । कार्तिक २२ गते मंगलबारको दिन खग्रास चन्द्र ग्रहण लाग्ने भएको छ । साँझ चन्द्रोदय(५:११ बजे)देखि सुरु हुने ग्रहण १ घण्टा २३ मिनेट (राती ६:३४ बजे)सम्म रहने छ ।
कार्तिकशुक्ल पूर्णिमा तिथीमा लाग्ने ग्रहणमा मंगलबार विहान ८:११ देखि बाल, वृद्ध, र आतुरलाई भोजन निषेध गरिएको छ ।
ग्रहण भरणी नक्षत्र र मेष राशिमा लाग्दैछ । जसको कारण भरणी नक्षत्र र मेष राशि भएकाहरुलाई अति कष्ट हुने छ ।
यस चन्द्र ग्रहणमा ८ राशिलाई कष्ट हुने छ भने ४ राशिलाई शुभ हुने छ ।
मेष राशिमा चन्द्र ग्रहण लाग्ने भएकोले मेष राशिलाई अतिकष्ट हुने छ भने वृष राशि हुनेहरुको व्यय हुने छ ।
मिथुन राशिहुनेहरुलाई लाभ हुने छ भने कर्कट राशिहरुलाई सुख मिल्ने छ ।
सिंह राशिहुनेहरुको मान नाश हुने छ भने कन्या राशिहरुलाई कष्ट हुने छ ।
तुला राशिहुनेलाई स्त्री पीडा हुने छ भने वृश्चिक राशि हुनेहरुलाई सुख मिल्नेछ ।
धनु राशि हुनेहरुलाई चिन्ता बढ्ने छ भने मकर राशि हुनेहरुलाई व्यथाले समाउने छ ।
कुम्भ राशिहुनेहरुलाई श्रीप्राप्ती हुने भने मीन राशि हुनेहरुको क्षती हुने छ ।








