१५ बैशाख २०८१, शनिबार

तान्जानियामा विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु

प्रकाशित मिति :  7 November, 2022 8:06 am


काठमाडौं । तान्जानियामा विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ । दारेसलामबाट बुकोबाका लागि उडेको प्रेसिजन एयरको विमान भिक्टोरियाको तालमा दुर्घटना हुँदा १९ जनाको मृत्यु भएकाे र २६ जना घाइते भएको बीबीसीले जनाएको छ ।

उक्त विमानमा ४३ जना सवार थिए । बीबीसीका अनुसार स्थानिय माझीहरुले डुंगाको सहायताबाट यात्रुहरु उद्वार गरेका थिए । विमान दुर्घटनाको कारण खुलेको छैन । यद्यपि दुर्घटनाको कारण खराब मौसम भनिएको छ ।

भिक्टोरिया ताल बुकोबा विमानस्थलको नजिकै पर्छ। राष्ट्रपति सामिया सुलुहु हसनले घटनाप्रति दुस्ख व्यक्त गर्दै घाइतेको उपचारमा तीव्रता दिन निर्देशन दिएका छन्। एजेन्सी



प्रतिक्रिया दिनुहोस !