११ पुस २०८२, शुक्रबार

रुपन्देहीमा श्रीमान श्रीमती मृत अवस्थामा भेटिए

प्रकाशित मिति :  7 November, 2022 11:05 am


सांकेतिक तस्विर

बुटवल । रुपन्देहीमा श्रीमान श्रीमती मृत अवस्थामा भेटिएका छन् ।

देवदह नगरपालिका–५ पाल्पाली टोलमा आज विहान वैदेशिक रोजगारबाट छुट्टिमा आएका ३६ वर्षीय बोलिन्द्र जोल्मी मगर र उनकी श्रीमती ३२ वर्षीया हेमकला जोल्मी मगर मृत भेटिएका प्रहरीले जनाएको छ ।

घर भित्र चुकुल लागेको अवस्थामा उनिहरुको शव फेला परेको हो । श्रीमतीको शव भुइँमा तन्नाले बेरिएको अवस्थामा र श्रीमानको शव पंखामा झुण्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।



प्रतिक्रिया दिनुहोस !