८ पुस २०८२, मंगलबार

बसले ठक्कर दिंदा मकवानपुरमा मोटरसाइकल चालकको मृत्यु

प्रकाशित मिति :  7 November, 2022 1:57 pm


काठमाडौं । मकवानपुरको सुनाचुरीमा बसले ठक्कर दिंदा मोटरसाइकल चालकको घटनास्थलमैं मृत्यु भएको छ ।

काकरभित्ताबाट काठमाडौंतर्फ जाँदै गरेको बा५ख ७९४३ नम्बरको यात्रुबाहक बसले विपरीत दिशाबाट आइरहेको बागमती प्रदेश ०३००३ प४९३१ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मनहरी गाउँपालिका वडा नम्बर ६ नयाँबस्तीका २९ बर्षीय अबिनास गोलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ।

बस चालक हेटौंडा १९ नेवारपानीका ५१ वर्षीय मदनकुमार गोले प्रहरीको सम्पर्कमा आएको प्रहरीले जनाएकाे छ ।



प्रतिक्रिया दिनुहोस !