रोल्पामा बुवाको हत्या आरोपमा छाेरा पक्राउ
प्रकाशित मिति : 7 November, 2022 4:59 pm
रोल्पा । रोल्पामा बुवाको हत्यामा छोरा पक्राउ परेका छन् ।
रोल्पाको त्रिबेणी गाउँपालिका वडा नं. ४ को पोखरीमा बुवा मानसिङ घर्तीको हत्यामा छोरा सन्दीप पक्राउ परेका हुन् ।
छोरा सन्दीप, बुवा मानसिङ र एक स्थानीय सँगै बसेर मदिरा सेवन गरिरहेका बेला छोरा सन्दीप बाहिर गएर फर्किएर बुवामाथि सुकुल प्रहार गरेको प्रहरीले जनाएको छ ।
सुकुल प्रहारबाट टाउकोमा गम्भीर चोट लागेका मानसिंङको घटनास्थलमै मृत्यु भएको थियो ।
घटना बिहान ९ बजेतिर भएलगत्तै इलाका प्रहरी कायाृलय होलेरी र त्रिबेणीबाट प्रहरी टोली पुगेर हत्यामा संलग्न भएको आरोपमा सन्दिपलाई पक्राउ गरिएको पत्रकार कमल खड्काले जनाएका छन् ।








