अर्घाखाँचीमा फरार अभियुक्त १२ वर्षपछि पक्राउ
अर्घाखाँची । हत्यामा दोषी ठहर भएका एक व्यक्ति पक्राउ परेका छन् ।
अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर–१०, धनचौर प्यारेका ३४ वर्षीय शिवबहादुर बुढा पक्राउ परेका हुन् ।
बुढालाई अर्घाखाँची र कपिलवस्तुको सीमानाबाट जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट प्रहरी निरिक्षक कृष्णप्रसाद घिमिरेको नेतृत्वमा खटिएको टोलीले पक्राउ गरेको । बुढा २०६७ साल माघ २५ गते सोही ठाउँमा बस्ने ४० वर्षीय दधिराम भुसालको हत्या गरेर फरार रहेका थिए ।
जिल्ला अदालत अर्घाखाँचीले २०७५ असार ३ गते हत्यामा संलग्न ९ जनालाई २० वर्ष कैदको फैसला सुनाएको थियो । जसमध्ये ६ जनाले कैद भुक्तान गरिरहेका छन् भने २ जनालाई केही समय पहिला प्रहरीले प्रक्राउ गरेको थियो ।
पक्राउ परेका बूढालाई अदालतमा पेश गरी प्रक्रिया अगाडि बढाईने सूचना अधिकारी प्रहरी निरिक्षक कृष्णप्रसाद घिमिरेले जानकारी दिए ।








