झापामा अवैध सामान बरामद
प्रकाशित मिति : 8 November, 2022 11:54 am
झापा । झापाको मेचीनगर नगरपालिका—६ स्थितबाट भन्सार छली गरी नेपालतर्फ ल्याउँदै गरेका सामानहरू प्रहरीले बरामद गरेको छ ।
हिजो राति ७ बजे जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा अवैध रूपमा भन्सार छली गरी नेपालतर्फ ल्याउँदै गरेको १ लाख ५० हजार बरावरको मोटर पार्टसका बिभिन्न सामानहरू बरामद गरिएको प्रहरीले जनाएको छ ।
बरामद गरिएका उक्त सामानहरूलाई आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।








