१२ पुस २०८२, शनिबार

नेकपा समाजवादीका नेता विरोध खतिवडामाथि हातपात

प्रकाशित मिति :  8 November, 2022 4:19 pm


काठमाडौं । नेकपा समाजवादी पार्टीका नेता विरोध खतिवाडामाथि हातपात भएको छ ।

आगामी निर्वाचनको लागि मकवानपुर –२ बाट प्रतिनिधिसभाका सदस्यका उम्मेदवार खतिवडालाई चुनाव प्रचारप्रसारमा गएको बेला स्थानीय एक व्यक्तिले हातपात गरेको प्रहरीले जनाएको छ ।

मकवानपुरको मनहरी गाउँपालिका–४ मसिनेमा चुनावी सभामा जाने क्रममा एकीकृत समाजवादीका नेता खतिवडा गाडीबाट ओर्लने वित्तिकै हातपात गरेका थिए ।

मादक पदार्थ सेवन गरेका हेटौंडा उपमहानगरपालिका–२ का अन्दाजी ५५ बर्षीय पुरुषोत्तम खड्काले हातपात गरेको एक स्थानीयले जनाएका छन् । खतिवडासँग खड्काको कुनै पुराना रिसइवी रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जानकारी दिएको छ ।

खड्कालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर लगिएको छ ।



प्रतिक्रिया दिनुहोस !