नेकपा (एमाले) रोल्पाद्वारा चुनावका लागि १६ बुँदे प्रतिबद्धता-पत्र सार्वजनिक
रोल्पा । नेकपा एमाले रोल्पाले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि १६ बुँदे प्रतिबद्धता—पत्र सार्वजनिक गरेको छ ।
एमालेले सार्वजनिक गरेको प्रतिबद्धता-पत्रमा शिक्षा,स्वास्थ्य, खानेपानी र सरसफाई, गाउँ तथा सहर उज्यालो कार्यक्रम, सूचना तथा सञ्चार,सडक विस्तारका विषय समेटिएका छन् ।
त्यस्तै सडक विस्तार,स्थानीय उत्पादनलाई प्रबद्र्धन, अन्न र फलफूलबाट बनेका बस्तुहरूको बजारीकरण, खानीहरूको प्रयोग, जटिबुटीको प्रबद्र्धन, पर्यटन विकास, वनजन्य वस्तुको प्रर्वद्धन, अन्तर सरकार बिचको समयन्वयबारे पनि एमालेले आफ्नो प्रतिबद्धताका विषय समावेश गरेको छ । यस्तै तरकारी तथा पशुपालन विकास, स्वास्थ्य र पहिचानका लागि खेलकुद् तथा कृषि तथा सिंचाईको विषय पनि एमालेले आफ्नो प्रतिबद्धत-पत्रमा समावेश गरेको छ ।
नेकपा एमालेबाट रोल्पामा प्रतिनिधि सभातर्फ पूर्ण बुढामगर उम्मेदवार छन् भने प्रदेश सभा (क) मा कमलबहादुर बुढाथोकी र प्रदेश सभा (ख) मा प्रेम घर्ती उम्मेदवार रहेका छन् ।
त्यस्तै समानुपातिकतर्फ प्रतिनिधि सभामा इश्वरी घर्ती,कुमार दसौदी र नवीन रोका उम्मेदवार छन् भने प्रदेश सभाको समानुपातिकतर्फ यमुना रोका उम्मेदवार रहेकी छन् ।
नेकपा एमाले रोल्पाको प्रतिबद्धता—पत्रको पूर्ण पाठ :










