भूकम्पले डोटीमा घर भत्किदा ६ जनाको मृत्यु
प्रकाशित मिति : 9 November, 2022 7:10 am
काठमाडौं । भूकम्पले डोटीमा घर भत्किँदा ६ जनाको मृत्यु भएको छ ।
डोटीको पूर्वीचौकी गाउँपालिका वडा नं. ३ गैरागाउँमा घर भत्किएर ६ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ५० वर्षीय प्रेम बोहरा,४० वर्षीय भागवती बोहरा, १३ वर्षीय सीता बोहरा, ८ वर्षीय हर्क बोहरा,१४ वर्षीय धनसरी बोहरा र १४ वर्षीय कीतुलछी बोहोरा रहेका छन् । अन्य ६ जना घाइते भएका छन् ।
गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले एकै घरका तीनसहित छ जनाको मृत्यु भएको जानकारी गराएका छन् ।
गएराति २ बजेर १२ मिनेटमा खप्तड केन्द्र भएर ६.६ म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्पले पुराएको क्षतिबारे थप विवरण आउन बाँकी रहेको छ ।








