१३ बैशाख २०८१, बिहिबार

भूकम्प प्रभावित क्षेत्रमा डोटीमा राहत र उद्दारमा खटिन प्रधानमन्त्री देउवाको निर्देशन

प्रकाशित मिति :  9 November, 2022 9:21 am


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गए राति डोटीमा गएको भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्दारमा खटिन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री देउवाले बुधबार बिहान सुदूरपश्चिमको खप्तड क्षेत्र केन्द्रविन्दु बनाई गएको भूकम्पमा परी मृत्यु हुनेहरूप्रति श्रद्धाञ्जली र परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै तत्काल राहत र उद्दारमा खटिन निर्देशन दिएका छन् ।

बुधबार बिहान २ बजेर १२ मिनेटमा डोटी केन्द्रविन्दु भएर गएको ६।६ म्याग्निच्युडको भूकम्पमा परी डोटीको पूर्बिचौकी गाउँपालिका-३ गैरागाउँमा ६ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ५० वर्षीय प्रेम बोहरा,४० वर्षीय भागवती बोहरा, १३ वर्षीय सीता बोहरा, ८ वर्षीय हर्क बोहरा,१४ वर्षीय धनसरी बोहरा र १४ वर्षीय कीतुलछी बोहोरा रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !