११ पुस २०८२, शुक्रबार

मोरङ कांग्रेसका प्रदेशसभा उम्मेदवार थापाको निधन,नयाँ मनोनयन प्रक्रिया सुरु

प्रकाशित मिति :  9 November, 2022 12:09 pm


विराटनगर । मोरङ क्षेत्र ३ अन्तर्गत प्रदेशसभा क्षेत्र नम्बर १ का नेपाली कांग्रेसका उम्मेदवार शेखरचन्द्र थापाको निधन भएको छ ।

प्रदेश नम्बर १ का बन तथा भूसंरक्षणमन्त्री थापाको आज विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा निधन भएको अस्पतालले जनाएको छ ।

विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा उनको निधन भएको अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले बताए ।

गम्भीर प्रकृतिको निमोनियाबाट पीडित थापालई नोबेल मेडिकल कलेजमा भर्ना गरिए पनि स्वास्थ्य जटिल बनेपछि काठमाडौंको ह्याम्स अस्पतालमा उपचारको लागि लगिएको थियो ।

ह्याम्समा तीन साताको उपचारपछि निको घर लगिएको थियो तर स्वास्थ्यमा सुधार भए पनि कमजोरीपनका कारण उनलाई विराटनगरमै फर्काएर निरन्तर अक्सिजनको सहयोगमा उपचार गरिएको थियो ।

नेपाली कांग्रेसका उम्मेदवार थापाको निधनपछि सो क्षेत्रमा कांग्रेसको तर्फबाट अर्को उम्मेदवारको मनोनयन प्रक्रिया सुरु गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !