सुनको मूल्य एकैदिन १४ सय रुपैयाँले बढ्यो
प्रकाशित मिति : 9 November, 2022 12:43 pm
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ ।
बुधबार नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले बढेर प्रतितोला ९५ हजार ४ सय रुपैयाँ र तेजाबी सुन ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।
त्यस्तै मंगलबार स्थिर रहेको चाँदी मूल्य बुधबार तोलामा ३० रुपैयाँले बढेर प्रतितोला १ हजार २९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।








