१५ चैत्र २०८०, बिहिबार

दक्षिण कोरियामा एकैदिन ६२ हजार भन्दा व्यक्तिमा कोरोना संक्रमण

प्रकाशित मिति :  9 November, 2022 1:15 pm


A medical worker (L) takes a nasal swab sample from a man at a Covid-19 coronavirus testing centre in Seoul on March 17, 2022, after South Korea’s daily infections rose sharply to hit a new high of over 600,000. (Photo by Jung Yeon-je / AFP) (Photo by JUNG YEON-JE/AFP via Getty Images)

सियोल । दक्षिण कोरियामा कोभिड १९ का सङ्क्रमितहरूको सङ्ख्या बढेको यहाँका स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन् । स्वास्थ्य अधिकारीअनुसार गएको २४ घण्टा यता यहाँ ६२ हजार जना भन्दा बढी सङ्क्रमित भेटिएका छन् ।

यहाँ गएको २४ घण्टा यता ६२ हजार चार सय ७२ जना सङ्क्रमित थपिएका छन् । अघिल्लो दिन अर्थात् सोमबार यहाँ ६२ हजार दुई सय ७३ जना रहकामा मङ्गलवार ती सङ्क्रमित थपिएका हुन् ।

यहाँ कोभिड महामारी सुरु भएयता दुई करोड ५९ लाख ८१ हजार जना भन्दा बढी सङ्क्रमित भेटिएका समाचारमा जनाइएको छ । यहाँको रोग नियन्त्रण तथा निवारण निकायका अनुसार अघिल्लो हप्ताका तुलनामा मङ्गलवार सङ्क्रमित बढेका छन् । अघिल्लो हप्तामा यहाँ बढीमा ५४ हजारमा मात्र सङ्क्रमण देखिएको थियो ।

यहाँ पछिल्लो दिनमा ५९ जनाको यही सङ्क्रमणबाट ज्यान गएको छ । दक्षिण कोरियामा अहिलेसम्म कोभिडको सङ्क्रमणबाट ज्यान जाने व्यक्तिको सङ्ख्या २९ हजार चार सयभन्दा बढी रहेको बताइएको छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस !