उपराष्ट्रपति पुनद्वारा भूकम्पबाट भएको मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त
प्रकाशित मिति : 9 November, 2022 1:34 pm
काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले भूकम्पबाट भएको मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।
आज बिहान डोटीको पूर्वीचौकी गाउँपालिका–३, गैरिगाउँलाई केन्द्रबिन्दु बनाइ गएको भूकम्पबाट भएको मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गरेका हुन् ।
उनले भूकम्पले घर भत्कँदा निधन भएकाप्रति श्रद्धाञ्जी अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् । उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।
उपराष्ट्रपति पुनले भूकम्पमा परी घाइते भएकाको उपचार तथा घर भत्किएर विस्थापित भएकाका लागि उचित बसोवास र खाद्यान्न व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
उनले भूकम्प लगायत सम्भावित प्राकृतिक विपतबाट बच्न तथा कम क्षतिका लागि पूर्व तयारीमा ध्यान दिनसमेत ध्यानाकर्षण गराएका छन् ।








