डा. तोसिमा कार्कीलाई घण्टी बजाउन रोक लगाएको छैन : आयोग
प्रकाशित मिति : 9 November, 2022 5:19 pm
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीलाई घण्टी बजाउन रोक नलगाएको बताएको छ । आयोगले ललितपुर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्यकी उम्मेदवार डा. कार्कीलाई घण्टी लिएर प्रचारप्रसार नगर्न नभनिएको स्पष्ट पारेको छ ।
आयोगले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत आयोगले यस्तो प्रष्टीकरण दिएको हो ।
आयोगले सामाजिक संजाल फेसबुकमार्फत भनेको छ, ‘प्रतिनिधिसभा सदस्य उम्मेदवार तोसिमा कार्कीलाई घण्टी लिएर प्रचारप्रसार नगर्न निर्वाचन आयोगले कुनै पनि निर्देशन नदिएको प्रस्ट पारिन्छ।’
केही साताअघि यसबारेमा स्पष्टीकरण सोधिएपनि यसबारेमा कुनै निर्णय नभएको र निर्देशन पनि नगरिएको निर्वाचन आयोग सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेले बताए ।








