३ पुस २०८२, बिहिबार

बाजुरमा ४.१ रेक्टरको भुकम्पको धक्का

प्रकाशित मिति :  10 November, 2022 9:07 am


बाजुरा । सुदूरपश्चिम प्रदेशको बाजुरा केन्द्रविन्दु बनाएर ४.१ रेक्टर स्केलको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान बिहान ५ बजेर १३ मिनेटमा बाजुराको खप्तड छेडेदह गाउँपालिकाको काँडाबाट ३ किलोमिटर पश्चिम केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।

मंगलबार राति र बुधबार बिहान खप्तड राष्ट्रिय निकुञ्जलाई केन्द्रविन्दु बनाएर तीन वटा भूकम्प गएकाे थिए । डोटीमा गएको ६.६ म्याग्निच्युडको भूकम्पले डोटीको पूर्वीचौकी गाउँपालिका गैरागाउँमा घर भत्किँदा ६ जनाको मृत्यु भएको थियो । भूकम्पको धक्काले ८ वटा घर भत्किएका थिए ।



प्रतिक्रिया दिनुहोस !