सुनको मूल्य स्थिर
प्रकाशित मिति : 10 November, 2022 10:48 am
काठमाडौं । नेपाली बजारमा आज बिहिबार सुनको मूल्य स्थिर रहेको छ । हिजो बुधबार तोलाम १४०० रुपैयाँ बढेको छापावाला सुनको मूल्य आज बिहिबार स्थिर रही तोलाको ९५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य तोलाको ९४ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य प्रतितोला १२८५ रुपैयाँमा कारोबार भइरहेको छ ।








