डोटीमा भूकम्प गएपछि लगातार ३ सय पराकम्प
प्रकाशित मिति : 10 November, 2022 1:36 pm
काठमाडौं । डोटी भूकम्पपछि त्यस आसपास क्षेत्रमा लगातार परकम्प गइरहेका छन् । आज बिहीबार बिहान ८ बजेसम्म ३०० पराकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
पछिल्लो पटक आज बिहान ५ बजेर १३ मिनेट जाँदा बाजुरामा केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको पराकम्प गएको केन्द्रका सहायक प्राविधिक राजेश शर्माले जानकारी दिए ।
गत बुधबार बिहान सवा २ बजे ६.६ म्यग्निच्युडको भूकम्प जाँदा ६ जनाको मृत्यु भएको थियो ।








