३ पुस २०८२, बिहिबार

सुन प्रतितोला ९६ हजार ७०० रुपैयाँमा कारोबार हुँदै

प्रकाशित मिति :  11 November, 2022 11:27 am


काठमाडौं । नेपाली बजारमा आज साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार बिहीबार स्थिर रहेको सुनको मूल्य आज प्रतितोला १३०० रुपैयाँले बढेर तोलाको ९६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य तोलाको ९६ हजार २०० रपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । हिजो प्रतितोला १२८५ रुपैयाँमा कारोबार भएको चाँदी तोलाको ५ रुपैयाँ बढेर तोलाको १२९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !