७ बैशाख २०८१, शुक्रबार

वालिङमा चितुवाको आक्रमणबाट तीन जना घाइते

प्रकाशित मिति :  11 November, 2022 1:44 pm


प्रतिकात्मक तस्बिर

स्याङ्जा । स्याङ्जाको वालिङमा चितुवाको आक्रमणबाट तीन जना घाइते भएका छन् ।

वालिङ नगरपालिका वडा नम्बर १४ कफ्लेटीमा चितुवाको आक्रमणबाट आज बिहान दुई महिला र एक पुरुष घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार वालिङका किसान न्यौपाने, तुलसा पराजुली र लक्ष्मी पराजुली घाइते भएका छन् ।

कफ्लेटीस्थित खेतमा काम गरिरहेको अवस्थामा न्यौपानेलाई घाइते बनाएर भागेको चितुवा स्थानीय चण्डीप्रसाद पराजुलीको घरमा पसेको र घरभित्र भएका तुलसा र लक्ष्मीलाई समेत आक्रमण गरी घाइते बनाएकाे थियाे।

घाइते तीनै जनालाई उपचारका लागि गहौं प्राथमिक अस्पताल वालिङमा प्राथमिक उपचारपश्चात थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा पठाइएको प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !