मंसिर १ गतेदेखि ५ गतेसम्म त्रिविका सबै क्याम्पसहरुमा विदा
प्रकाशित मिति : 11 November, 2022 5:03 pm
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले मंसिर ४ गतेदेखि विदा दिने भएको छ । विश्वविद्यालयले मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्यका लागि हुने निर्वाचनका कारण मंसिर १ देखि ५ गतेसम्म बिदा दिने भएको छ ।
शुक्रबार त्रिवि सूचना तथा जनसम्पर्क महाशाखाले सूचना जारी गर्दै मंसिर १, २ र ५ गते बिदा हुने जनाएको छ ।
अधिकांश क्याम्पसरकार्यालयहरुमा निर्वाचनका लागि मतदान केन्द्र राखिएको र क्याम्पसरकार्यालयहरुका कर्मचारीहरु निर्वाचन कर्मचारीको रुपमा खटिएको कारण पठनपाठन तथा दैनिक काम कारबाहीमा असर पुग्ने भएकोले बिदा दिर्ने निर्णय गरेको जनाएको छ ।








