११ पुस २०८२, शुक्रबार

वर्षमान पुनसहित रोल्पाका उम्मेदवारलाई नेतृ जयपुरी घर्तीले दिइन दुई सुझाव

प्रकाशित मिति :  11 November, 2022 5:46 pm


रोल्पा । नेकपा माओवादी केन्द्रकी स्थायी कमिटी सदस्य जयपुरी घर्तीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको रक्षा विकास गर्दै अगाडी बढाउन र नेपाललाई सुशासन र समृद्धीको दिशातर्फ लैजानुपर्नेमा जोड दिएकी छन् ।

रोल्पाको सुलीचौरमा गठबन्धनले गरेको चुनावी सभालाई सम्बोधन गर्दै नेतृ घर्तीले गठबन्धनका उम्मेदवारलाई जितको शुभकामना दिँदै भनिन् ,“जनताको मतलाई सम्मान गर्दै जनताप्रति उत्तरदायी भएर, जनताको मतलाई कदर गरेर सिंगो नेपाललाई समृद्धीको दिशातिर लैजाने तथा नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रलाई कार्यान्वयन गर्दै रक्षा र विकास गर्ने कार्यभार उहाँहरूले विशेष कार्रभार सम्हाल्नुहुने छ ।”

२०६४ सालमा आफू रोल्पा क्षेत्र नम्बर १ बाट निर्वाचित भएपछि रोल्पामा एउटा अवधारणासहित विकास अगाडि बढाउने प्रयास गरेको बताईन् । घर्तीले घोराही-थबाङ र लिबाङ-थबाङ सडक निर्माण गर्दा रिङरोड बन्छ भन्ने अवधारणासहित काम सुरु गरेको बताईन् । आफू रोल्पा १ बाट र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रोल्पा क्षेत्र नम्बर २ बाट निर्वाचित भएपछि सुरु गरेको विकास अवधारणले अहिले मुर्त रुप लिएको उल्लेख गरिन् ।

आफू शिक्षा तथा स्वस्थ्य समिति हुँदा पालिकाहरूका लागि मात्रै १ अर्ब ७० करोड रुपैयाँ बजेट विनियोजन भएर आएको उल्लेख गरिन् । उनले सूलीचौरमा १५ बेडको अस्पतालका लागि १८ करोड भन्दा बढी रकम बिनियोजन गर्न लगाएको स्मरण गदै काम अगाडी नबढेकोप्रति असन्तुष्टि । अब रोल्पामा विकासलाई गुणस्तरीय रुपमा लैजानुपर्नेमा जोड दिइन् ।

उनले भनिन्,“ धेरै कुरामा अहिले विकास भएको छ तर यसलाई स्तरोन्नती गर्नु अहिलेको आवश्यकता हो । ”



प्रतिक्रिया दिनुहोस !