११ पुस २०८२, शुक्रबार

महराले भने,‘प्रतिगमन नसुध्रिदासम्म गठबन्धन कायम रहन्छ’

प्रकाशित मिति :  11 November, 2022 5:59 pm


रोल्पा । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्व सभामुख कृष्णबहादुर महराले प्रतिगमन नसुध्रिदासम्म अहिलेको गठबन्धन कायमै रहने बताएका छन् ।

गठबन्धनले रोल्पाको सुलीचौरमा गरेको चुनावी सभालाई सम्बोधन गर्दै महराले संविधानको रक्षा र प्राप्त उपलब्धीहरूलाई संरक्षण गर्न गठबन्धन बनेको बताए । उनले भने,“यो गठबन्धन अहिलेको आवश्यकता हो । प्रतिगमनका विरुद्ध अग्रगमनकारी शक्तिहरू हामी एक ठाउँमा छौं । प्रतिगमन नसुध्रिदासम्म यो गठबन्धन रहन्छ ।”

सत्ता गठबन्धनले नेकपा एमालेले गरेको प्रतिनिधि सभा विज्ञटनलाई प्रतिगमन भन्दै आएको छ । प्रतिगमन उल्टिने सम्भावना रहेसम्म यो गठबन्धन रहिरहने उपाधयक्ष महराको भनाई थियो । उनले रोल्पा अब राजनीतिक संघर्षभन्दा अगाडि बढ्न जरुरी रहेको उल्लेख गरे ।

महराले भने,“ हामी चार दलका धेरै कुरा मिल्दैनन, नमिलुन तर एउटा कुरा मिल्छ संविधानको रक्षा गर्ने ।”

उनले अब रोल्पाको समृद्धीको सपना बोकेर उम्मेदवार आएको बताए । रोल्पा श्रोत साधनको हिसाबले कमजोर नरहेको उल्लेख गर्दै अब समृद्ध रोल्पाका लागि काम गर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !