५ फाल्गुन २०८२, मंगलबार

नेपालले पहिलोपटक आईसीसी विश्वकप क्रिकेट आयोजना गर्ने

प्रकाशित मिति :  13 November, 2022 1:13 pm


काठमाडौं । नेपालले पहिलो पटक आईसीसी विश्वकप क्रिकेट आयोजना गर्ने भएको छ । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले आइतबार २०२७ को यू–१९ महिला विश्वकप नेपाल र बंगलादेशलाई आयोजना गर्न दिने निर्णय गरिएको जनाएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सन् २०२४ देखि २०२७ सम्मको आईसीसी यू(१९ प्रतियोगिता सञ्चालन गर्न विभिन्न देशलाई आयोजक राष्ट्रको रूपमा मान्यता दिएको छ ।

यसैक्रममा नेपालले २०२७ को यू १९ महिला विश्वकपको सहआयोजकको अवसर पाएको छ । आईसीसीको बोर्ड बैठकको निर्णयअनुसार २०२४ को यू(१९ पुरुष विश्वकप श्रीलंका, २०२६ को संस्करण जिम्बाबे र नामिबियामा आयोजक हुनेछन् ।



प्रतिक्रिया दिनुहोस !