५ फाल्गुन २०८२, मंगलबार

उपमहासचिव पुनले भने,‘गठबन्धन पाँच वर्षसम्म रहन्छ,रोल्पामा पनि इमान्दार भएर लाग्छौं’

प्रकाशित मिति :  13 November, 2022 7:00 pm


रोल्पा । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले रोल्पामा आफ्नो पार्टी गठबन्धनप्रति इमान्दार भएर लाग्ने बताएका छन् ।

दिपेन्द्रकुमार पुन ‘सिजल’ले उम्मेदवारी दिएको विषय उल्लेख गर्दै उनले त्यसमा आफ्नो समर्थन नरहेको स्पष्ट पारे ।

रोल्पाको घर्तीगाउँमा भएको चुनावी सभालाई सम्बोधन गर्दै उपमहासचिव पुनले भने,“बाहिर एउटा कुरा भित्र अर्को कुरा गरियो भने राजनीतिक बेइमानी हुन्छ । राजनीतिमा बोइमानी हुन सक्दैन । हामी इमान्दार बन्नै पर्दछ । यस्तो भएन भने राजनीति धेरै चल्दैन ।”

उनले सिजललाई पार्टीले कारबारी गरिसकेको स्पष्ट पार्दै प्रदेश सभा (ख) मा गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका अमरसिंह पुनलाई मतदान गर्न आग्रह गरे ।

उनले भने,“रोल्पाका माओवादी केन्द्रका एक जना नेता स्वतन्त्र उम्मेदवारको रुपमा रहनुभएको छ । उहाँले वक्तब्य र अन्तवार्तामा नेतृत्वको सल्लाहमा र आपसी परामर्शमा नै यो उम्मेदवारी दिएको हो भनेको हुनाले केही भ्रम पनि भएको छ । यो यथार्त होइन ।”

पार्टीको राजीतिक कार्यक्रम र निर्णय एउटा हुने भन्दै दुइवटा निर्ण हुन नसक्ने बताए । उनले गठबन्धन अझै ५ वर्ष चल्ने बताए । उनले भने,“कतिपय मान्छेले शंका गर्छन्,शंका गर्न आवश्यक छैन । यो गठबन्धन पाँच वर्ष जान्छ । आवश्यक पर्‍याे भने यो गठबन्धन त्यो भन्दा पनि पर पनि लैजान सक्छौं ।”



प्रतिक्रिया दिनुहोस !