१२ पुस २०८२, शनिबार

गोरखामा एमाले नेतामाथि आक्रमण

प्रकाशित मिति :  14 November, 2022 12:30 pm


काठमाडौं। गोरखामा एमालेबाट प्रतिनिधिसभा उम्मेदवार अब्दुस मियाँको प्रचारप्रसार टोलीमाथि आक्रमण भएको छ ।

आइतबार राति ११ बजे पालुङटारको म्याङ्गो रिसोर्ट पुगेर एक समूहले खाना खाँदै गरेको अब्दुस मिँयाको टीमलाई आक्रमण गरेको हो ।

आक्रमणबाट एमाले प्रदेश सचिवालय सदस्य हरि काफ्लेको टाउकोमा गहिरो चोट लागेको छ । उनलाई उपचारका लागि काठमाडौं पठाईएको छ ।

आईतबार राति भएको घटनापछि अहिले सो क्षेत्र सम्भावित भिडन्तले तनावपूर्ण बनेको छ ।गोरखा प्रहरी प्रवक्ता लीलाराज लामिछानेले राम सापकोटा र अजित पन्तलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । कुटपिट गर्ने अन्य तीन जना फरार रहेको प्रहरीले जनाएको छ । यस क्षेत्रमा गठबन्धनबाट माओवादी अध्यक्ष प्रचण्ड प्रतिस्पर्धामा छन् ।



प्रतिक्रिया दिनुहोस !