कांग्रेसविरुद्ध लागेको भन्दै ५ जनालाई पार्टीबाट निष्काशन
काठमाडौं । नेपाली कांग्रेसले पार्टीको निर्णयविरुद्ध लागेको भन्दै पाँचजनालाई पार्टीबाट निष्काशन गरेको छ ।
मंसिर ४ गते हुन लागेको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेको उम्मेदवारविरुद्ध उम्मेदवार भएका र त्यस्ता उम्मेदवारी दिएकाको प्रस्तावक एवं समर्थक र अन्य पार्टीमा प्रवेश गरी उम्मेदवार भएका ५ जनालाई कारवाही गरेको छ ।
केन्द्रीय अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले एक विज्ञप्ति जारी गर्दै पाँचजनालाई लागि ५ वर्षका लागि निष्कासन गरेको जानकारी गराएका छन् ।
निष्काशन हुनेमा मंगलबहादुर शाही ( महासमिति सदस्य) हुम्ला, धर्मेन्द्रप्रसाद यादव ( क्रियाशील सदस्य) बारा, रविन्द्रप्रसाद यादव (रोशन)– (महाधिवेशन प्रतिनिधि एवं जिल्ला सदस्य), बारा, वीरेन्द्रप्रसाद यादव (महाधिवेशन प्रतिनिधि) बारा, रामएकवालप्रसाद यादव (शिल्पु – (जिल्ला सदस्य) बारा रहेका छन् ।









