१ माघ २०८२, बिहिबार

पानीको ट्याङ्कर र मोटसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

प्रकाशित मिति :  15 November, 2022 10:16 am


काठमाडौं । भक्तपुर सल्लाघारीमा पानी ट्याङ्कर र मोटसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । घटनामा एक जना गम्भीर घाइते भएका छन् ।

बागमती प्रदेश०२–०३१प ७८६२ नंको मोटरसाइकल बा४ख ४२६८ नंको पानीट्याङ्करमा ठोक्किँदा मोटरसाइकल चालक मध्यपुरठिमी नगरपालिका–१ लोकन्थली बस्ने २६ वर्षीय साजन दुवारीको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।

मोटरसाइकलमा सवार झापा घर भई हाल मध्यपुरठिमी –३ बस्ने २३ वर्षीय अनिल साहको इवामुरा मेमोरियल अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।

प्रहरीले दुवै सवारीसाधन र ट्याङ्कर चालक भक्तपुर नगरपालिका–२ ब्यासी बस्ने २८ वर्षीय प्रवीण सुवाललाई पक्राउ गरी अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस !