८ पुस २०८२, मंगलबार

रविन्द्र मिश्रलाई भोट माग्दै घरदैलोमा मनिषा कोइराला

प्रकाशित मिति :  15 November, 2022 10:46 am


काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ मा राप्रपाबाट उम्मेदवारी दिएका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई भोट माग्दै बलिउड अभिनेत्री मनिसा कोइराला आज मंगलबार बिहान घरदैलोमा पुगेकी छिन् ।

पछिल्लो समय राप्रपाका आमसभाहरूमा सम्बोधन गर्ने गरेकी मनीषा मंगलबार बिहान काठमाडौं क्षेत्र नम्बर १ का विभिन्न ठाउँमा उम्मेदवार मिश्रसँगै घरदैलोमा पुगेर भोट मागेकी हुन्।

उनले आइतबार राप्रपाले काठमाडौंको बसन्तपुरमा आयोजित चुनावी सभालाई पनि सम्बोधन गरेकी थिइन् । बबरमहलमा आयोजित कोण सभामा मिश्रले नायिका कोइरालाप्रति हार्दिक आभार व्यक्त गरेका छन् ।

मनिषा नेपाली कांग्रसका संस्थापक बिपी कोइरालाकी नातिनी हुन् ।



प्रतिक्रिया दिनुहोस !