८ पुस २०८२, मंगलबार

बिर्तामोडको प्रसाईं मार्केटमा आगलागी

प्रकाशित मिति :  15 November, 2022 11:00 am


सांकेतिक फाेटाे

झापा । झापाको बिर्तामोडस्थित प्रसाई मार्केटमा आज बिहान आगलागी भएको छ । मुक्तिचोक पूर्वोत्तर धरान टेलर्सको माथिल्लो तल्लामा रहेको ‘वङ्ल रेडिमेट’ पसलमा आगलागी भएको हो प्रहरीले जनाएको छ ।

आगो लागिबाट राजकुमार बंशलको कपडा पसल पूर्णरूपमा क्षति भएको प्रहरीले जनाएको छ । विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान रहेको छ ।

आगो लागेको १ घण्टामा आगो नियन्त्रणमा आएको प्रहरी कार्यालय झापाले जनाएको छ । नेपाली सेना, सशस्त्र प्रहरी, मेचीनगर, कन्काइ र भद्रपुरको दमकलको प्रयासमा आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !