१ माघ २०८२, बिहिबार

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले अत्यावश्यक बाहेकका सबै सेवा एक हप्ता बन्द गर्ने

प्रकाशित मिति :  15 November, 2022 11:04 am


अर्घाखाँची । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाका कारण भन्दै जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले अत्यावश्यक बाहेकका सबै सेवा एक हप्ताका लागि बन्द गरेको छ ।

कार्यालयमा कार्यरत कर्मचारीहरू निर्वाचन प्रयोजनका लागि मतदान केन्द्रमा खटिएकाले कार्यालयमा कर्मचारी अभाव हुने भन्दै कात्तिक ३० देखि मंसिर ५ गतेसम्म सेवा बन्द हुने भन्दै जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले सूचना जारी गरेको हो ।

प्रशासकीय अधिकृत नुमलाल पन्थीले जारी गरेको सूचनामा अत्यावश्यक सेवा बाहेकका सबै सेवाहरू स्थगन गरिएको जानकारी गराइएको छ ।



प्रतिक्रिया दिनुहोस !