८ पुस २०८२, मंगलबार

प्रधानमन्त्री देउवा आज गृह जिल्ला डँडेलधुरा जाँदै

प्रकाशित मिति :  16 November, 2022 7:54 am


काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज गृह जिल्ला डँडेलधुरा जाने भएका छन् ।

मंगलबार धनगढी पुगेका देउवा आज आफ्नो गृहजिल्ला एवं प्रतिनिधिसभा निर्वाचन क्षेत्र जान लागेका हुन् ।

देउवाले आज बिहान साढे ११ बजे अजयमेरु गाउँपालिकाको देवल पार्कमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि उनी सुदूरपश्चिममा रहेका छन् । देउवा सातौं पटक डँडेल्धुराबाट निर्वाचन लड्दै छन्।



प्रतिक्रिया दिनुहोस !