१२ पुस २०८२, शनिबार

लोकतान्त्रिक समाजवादी नेपालका प्रदेश सभा सदस्य उम्मेदवार मेहताको उम्मेदवारी खारेज

प्रकाशित मिति :  16 November, 2022 4:24 pm


काठमाडौं । निर्वाचन अयोगले लोकतान्त्रिक समाजवादी नेपालका एक उम्मेदवारको उम्मेदवारी खारेज गरेको छ ।

सुनसरी क्षेत्र नम्बर ४ (२) का उम्मेदवार सन्तोष मेहताको उम्मेदवारी खारेज गरिएको आयोगले जनाएको छ ।

मेहताले बहुविवाहसम्बन्धी कसुरमा कैद सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले ३ वर्ष पुरा नभएकाले उनको उम्मेदवारी अयोग्य ठहर भएको आयोगको भनाई छ ।



प्रतिक्रिया दिनुहोस !