आज राति १२ बजेदेखि स्थिर समय सुरु हुँदै
प्रकाशित मिति : 17 November, 2022 7:46 am
काठमाडौं । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज बिहीबार मध्यरातिदेखि स्थिर समय सुरु हुँदैछ ।
निर्वाचन आयोगले आज राति १२ बजेदेखि स्थिर समय सुरु हुने जनाएको छ । यो समय मतदान सुरु हुनु ४८ घण्टाअघिदेखि शुरु हुन्छ । स्थिर समयदेखि मतदान नसकिएसम्म स्थिर समय कायम रहनेछ । यो समयमा भौतिक वा अभौतिक कुनै पनि ढङ्गले निर्वाचन प्रचारप्रसार गर्न पाइँदैन।
यसअघि निर्वाचको समयमा प्रचारप्रसार गर्न नपाइने समयलाई मौन अवधि भनिए पनि यसपटक भने आयोगले यो अवधिलाई स्थिर समय भनेको निर्वाचन आयुक्त तथा केन्द्रिय आचारसंहिता अनुगमन समितिका संयोजक रामप्रसाद भण्डारी बताउछन् ।








