आज मध्यरातिदेखि सिमानाका बन्द हुने
प्रकाशित मिति : 17 November, 2022 8:49 am
काठमाडौं । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज बिहीबार मध्यरातिदेखि छिमेकी मुलुक भारत र चीनसँगको अन्तर्राष्ट्रिय सीमानाका बन्द हुने भएको छ ।
बिहीबार राति १२ बजेदेखि मंसिर ४ गते मतदान नसकिएसम्म नाका बन्द रहने गृह मन्त्रालयले जनाएको छ । अत्यावश्यक अवस्थाबाहेकमा आवातजावत बन्द हुने मन्त्रालयले जनाएको छ ।
निर्वाचनलाई स्वच्छ, पारदर्शी, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि ४८ घण्टा अघिदेखि नाका बन्द गर्न लागिएको सीमावर्ती जिल्लाका प्रशासन कार्यालयले सूचना जारी गरेका छन् ।








