३ पुस २०८२, बिहिबार

सुनचाँदीको मूल्य घट्यो

प्रकाशित मिति :  17 November, 2022 12:23 pm


काठमाडौं । नेपाली बजारमा आज बिहिबार सुनको मूल्य घटेको छ । सुनचाँदी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलाको ४०० रुपैयाँले घटेर तोलाको ९८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजावी सुनको मूल्य तोला ९७ हजार ५०० रुपैयाँमा कारोबार हुँदैछ ।

आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार १२९५ रुपैयाँ तोलामा कारोबार भएको चाँदीको मूल्य आज बिहिबार तोलामा १० रुपैयाँले घटेर तोला १२८५ रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !