स्याङ्जामा पहिलोपटक ४५ जना कैदीबन्दीले मतदान गर्न पाउने
प्रकाशित मिति : 17 November, 2022 2:46 pm
स्याङ्जा । स्याङ्जामा मंसिर ४ गते हुने निर्वाचनमा पहिलोपटक कैदीबन्दीले आफ्नो मताधिकार प्रयोग गर्न पाउने भएका छन् । निर्वाचनको समानुपातिकतर्फ स्याङ्जा जिल्ला कारागारमा रहेका ४५ जना कैदीबन्दीले मतदान गर्न पाउने भएका हुन् ।
जिल्ला कारागार स्याङ्जामा चार महिलासहित २ सय २९ जना कैदीबन्दी रहेका कारागार प्रमुख चुडामणि शर्माले जानकारी दिएका छन् ।
उनीहरू मध्ये मतदाता नामावलीमा नाम भएका १ महिला सहित ४४ पुरुषले मतदान गर्न पाउने भएका छन् ।
त्यस्तै उनीहरूकाे लागि कारागार शाखामै अस्थायी मतदान केन्द्रको व्यवस्था गरिएको छ । स्याङ्जामा २ लाख ४४ हजार ८९ मतदाता छन् । तीमध्ये १ लाख २४ लाख ७७८ महिला, १ लाख १९ हजार ३१० जना पुरुष र १ अन्य छन् ।








