१२ पुस २०८२, शनिबार

निर्वाचनको तयारी अन्तिम चरणमा

प्रकाशित मिति :  17 November, 2022 3:03 pm


काठमाडौं । निर्वाचन आयोगले यही ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।

दिउँसो पत्रकार सम्मेलन गर्दै निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलियाले जानकारी दिए ।

मतदान क्षेत्रमा सुरक्षाकर्मी समेत परिचालन भइसकेको र दुई दिनभित्र मतदान केन्द्र समेत निर्माण भइसक्ने प्रमुख आयुक्त थपलियाले जानकारी दिए ।

आयोगले निर्वाचनका लागि तीन घेरामा सुरक्षाकर्मी परिचान गरिएको समेत जनाएको छ ।

३० मिनेटमा पुग्ने गरि सुरक्षाकर्मीको रिजर्भ फोर्स तयारी अवस्था राखिएको समेत प्रमुख निर्वाचन आयुक्त थपलियाको भनाई छ । निर्वाचनमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी र म्यादी प्रहरी परिचालन गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !