१४ बैशाख २०८१, शुक्रबार

हिमाली भूभागमा हिमपातको सम्भावना

प्रकाशित मिति :  18 November, 2022 8:05 am


gosaikunda

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ। जसको प्रभावले प्रदेश १, बागमती प्रदेश र गाण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतः सफा रहेको छ

प्रदेश नं १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको साथै प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको संभावना रहेकोले पर्वतारोहण र पदयात्रा गर्दा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

साथै तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।



प्रतिक्रिया दिनुहोस !