२० मंसिर २०८२, शनिबार

काठमाडौँको बूढानीलकण्ठ र हाँडीगाउँमा शंकास्पद वस्तु फेला

प्रकाशित मिति :  18 November, 2022 8:50 am


फाइल फाेटाे

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ र हाँडीगाउँस्थित भत्केको पुलमा शंकास्पद वस्तु फेला परेको छ । हाँडीगाउँमा प्रेसर कुकरमा तार जोडेर राखेको अवस्थामा शुक्रबार बिहान फेला परेको हो । नेपाली सेनाको टिमले शङ्कास्पद वस्तु डिस्पोज गरेको छ ।

बूढानीलकण्ठको स्पेशल चोक र भत्केको पुलमा फेला परेको शङ्कास्पद वस्तु डिस्पोज गरिएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता (एसपी) सीताराम रिजालले जानकारी दिए ।

शुक्रबार बिहान पौने ३ मा शङ्कास्पद वस्तु फेला परेका हुन् । घटनाबारे जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ । निर्वाचन बिथोल्ने समूहले शङ्कास्पद वस्तु राखेको अनुसन्धान अधिकृतहरू बताउँछन् ।



प्रतिक्रिया दिनुहोस !