१२ पुस २०८२, शनिबार

छिपहरमाई गाउँपालिका पर्साका नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई आयोगको स्पष्टीकरण

प्रकाशित मिति :  18 November, 2022 11:24 am


काठमाडौं । निर्वाचन आयोगले छिपहरमाई गाउँपालिका पर्साका नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई स्पष्टीकरण सोधेको छ ।

नगरपालिकाले मिति २०७९ भदौ २५ गतेको सूचनाबाट करार सेवामा शिक्षक नियुक्त गर्ने सूचना प्रकाशन गरी उक्त प्रक्रिया हालसम्म जारी रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरी आयोगलाई प्राप्त भएको भन्दै स्पष्टीकरण सोधेको हो ।

आयोगले भनेको छ,“उल्लेखित सन्दर्भमा तहाँबाट निर्वाचन आचारसंहिता, २०७९ लागू रहेको अवस्थामा अगाडि बढाईएको करार शिक्षक नियुक्ति प्रक्रिया सम्बन्धमा के कसो भएको हो ? यदि निर्वाचन आचारसंहिता, २०७९ को विपरित हुने गरी करारमा शिक्षक नियुक्ति गरिएको हो भने उक्त नियुक्ति बदर गर्नु नपर्ने कारण के हो ?” भनेको छ ।

आयोगले पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोगको इमेलमा स्पष्टीकरण पठाउन भनेको छ । स्पष्टीकरण नपठाए कानुन बमोजिम कारवाही हुने आयोगले चेतावनी दिएको छ । ।



प्रतिक्रिया दिनुहोस !