१ माघ २०८२, बिहिबार

गाडीकाे ठक्करबाट रूपन्देहीका पत्रकार कँडेलकाे मृत्यु

प्रकाशित मिति :  19 November, 2022 8:32 am


रुपन्देही । रुपन्देहीमा रेडिमिक्स(सिमेन्ट घोल्ने गाडी) को ठक्करबाट एक पत्रकारको मृत्यु भएको छ ।

लु १ क ५२७६ नम्बरको रेडिमिक्सले शुक्रबार साँझ सिद्धार्थ राजमार्गको बुटवल–भैरहवा खण्डस्थित तिलोत्तमाको जानकीनगरमा मोटरसाइकललाई ठक्कर दिंदा पत्रकार एनबी कंडेलको मृत्यु भएको हो ।

बुटवलबाट भैरहवातर्फ जांदै गरेको रेडिमिक्सले लु ४४ प ८२०१ नम्बरको मोटरसाइकललाई ठक्कर गम्भीर घाइते पत्रकार कंडेलको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

रुपन्देहीको सैनामैना नगरपालिका–१ रानीबगिया स्थायी घर भएका पत्रकार बुटवलबाट सञ्चालित ग्लोबल आवाज अनलाइनका सम्पादक थिए ।



प्रतिक्रिया दिनुहोस !