निर्वाचन आयोगको कार्यालय बाहिर प्रर्दशन गर्ने नेकपा (माओवादी क्रान्तिकारी)का कार्यकर्ता पक्राउ
प्रकाशित मिति : 19 November, 2022 1:28 pm
काठमाडौं । चुनाव बहिष्कारको नीति लिएको नेकपा क्रान्तिकारी माओवादीका कार्यकर्ताले निर्वाचन आयोगको कार्यालय बाहिर प्रर्दशन गरेका छन् ।
मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी माओवादीका कार्यकर्ताले निर्वाचन आयोगको केन्द्रीय कार्यालय बाहिर प्रर्दशन गरेका हुन् । करिब १० जनाको समूहमा पुगेर प्रर्दशन गरेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।










