५ फाल्गुन २०८२, मंगलबार

आज आमनिर्वाचन, बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदानको समय

प्रकाशित मिति :  20 November, 2022 7:38 am


काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य सदस्य निर्वाचित गर्न देशैभर मतदान सुरु भएको छ ।

आगामी पाँच वर्षका लागि प्रतिनिधि र प्रदेश सभा सदस्य चयन गर्न बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्मको समय तोकिएको छ ।

प्रत्येक्षतर्फ १६५ सिटका लागि देशभरबाट २४१२ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन । १५४५ दलका र ८६७ स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन् ।

प्रदेश सभा तर्फ ३२२४ जना उम्मेदवार प्रतिस्पर्धामा रहेकोमा २१३० जना दलका र १०९४ स्वतन्त्र उम्मेदवार मैदानमा छन् ।

निर्वाचन आयोगका अनुसार देशभर ९१ लाख ४० हजार ८०६ पुरुष, ८८ लाख ४७ हजार ५७९ जना महिला र १८५ जना अन्य गरी एक करोड ७९ लाख ८८ हजार ५७० हजार मतदाता छन् ।

निर्वाचनका लागि १० हजार ८९२ वटा मतदानस्थलमा २२ हजार २२७ वटा मतदान केन्द्र रहेका छन् ।

कर्मचारी, सुरक्षाकर्मी, कारागार र वृद्धाश्रमहरुमा गरी १४१ वटा अस्थायी मतदानस्थल कायम गरिएको छ । चुनावमा २ लाख ४६ हजार ९६० जना कर्मचारी खटिएका निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन सुरक्षार्थ नेपाली सेनाका ७४ हजार ८४९, नेपाल प्रहरीका ७१ हजार ६९३, सशस्त्र प्रहरी बलका ३५ हजार ११६, राष्ट्रिय अनुसन्धान विभागका १ हजार ८२१ र १ लाख १५ हजार म्यादी प्रहरी खटिएका छन् ।



प्रतिक्रिया दिनुहोस !