सभापति पुनले गरे मतदान
प्रकाशित मिति : 20 November, 2022 8:50 am
रोल्पा । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति एवं लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट प्रदेश सभा २ रोल्पाका उम्मेदवार अमर सिंह पुनले मतदान गरेका छन् ।
गृहगाउँ गंगादेव गाउँपालिका स्थित जायचौर मतदान केन्द्रबाट मतदान गरेका हुन् । मतदान गर्दै पुनले निर्वाचन निष्पक्ष, मर्यादित, स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्न मतदात र सरोकारवालाहरूमा अपिल गरेका छन् ।








