१२ पुस २०८२, शनिबार

नेतृ घर्तीले गरिन मतदान

प्रकाशित मिति :  20 November, 2022 9:32 am


रोल्पा । नेकपा माओवादी केन्द्रकी स्थायी कमिटी सदस्य जयपुरी घर्तीले मतदान गरेकी छन् ।

परिवर्तन गा.पा. राङ्सी २ मतदानकेन्द्रमा घर्तीले पहिलो मतदान गरेकी हुन् । घर्तीले पहिलो मत खसालेपछि मतदान सुरु भएको हो । घर्ती यसपटक उम्मेदवार छैनन् ।

२०७४ मा समानुपातिक सांसद रहेकी घर्ती स्वास्थ्य तथा शिक्षा समिति सभापति थिइन् ।



प्रतिक्रिया दिनुहोस !