चितवनमा विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताद्वारा निर्वाचन विथोल्ने प्रयास, हवाइ फायर
प्रकाशित मिति : 20 November, 2022 9:42 am
चितवन । विप्लव नेतृत्वको नेकपा माओवादीले चितवनमा निर्वाचन बिथोल्ने प्रयास गरेको भन्दै प्रहरीले हवाई फायर गरेको छ ।
चितवन क्षेत्र नम्बर–१ राप्ती–८ स्थित ब्रम्हस्थानी आधारभूत विद्यालयको मतदान केन्द्रमा नेकपाका कार्यकर्ताले निर्वाचन बिथोल्ने प्रयास गरेका हुन्।
नेकपा कार्यकर्ताका समूहले निर्वाचन बिथोल्न खोजेपछि एक राउण्ड हवाई फायर गरिएको चितवन प्रहरीका प्रवक्ता डिएसपी विजयराज पंडितले जानकारी दिएका छन् । नेकपाका कार्यकर्ता भागेपछि मतदान पुनः सुरू भएको पंडितले बताए ।








